रविको पासपोर्ट अनुसन्धानवारे प्रमाण संकलन सुरु

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा छानबिनका लागि अनुसन्धान अघि बढाएको छ । पेश भएका जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात संकलन गरेर अनुसन्धान अघि बढाएका हुन् ।

‘ सरकारी वकिल कार्यलयले आज नै रविको पासर्पाटको विषयमा छानविन गर्ने उदेश्यले सो निर्णय गरेको हो । निर्णय पश्चात जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा विस्तृत विवरण मगाएको सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिललृे जानकारी दिए । उनका अनुसार (युवराज पौडेल सफल)ले दिएको जाहेरीको आधारमा सत्य, तथ्य तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने योजना भएको छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण सम्बन्धित निकायसंग मागेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा लामिछानेले १० फागुन २०५० सालमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०(मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिएका थिए ।

अमेरीकाबाट नेपाल फर्कदा लामिछानेले अमेरिकाको नागरिकता त्यागेका थिएनन् । १३ माघ २०७९ मा सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने भनी व्याख्या गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *