टर्की–सिरिया भूकम्प : मृत्तकको संख्या ३७ हजार नाघ्यो, दोब्बर पुग्न सक्ने अनुमान

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।

यही फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ । संयुक्त राष्ट्रसंघले यो संख्या दोब्बर हुन सक्ने बताएको छ ।

अहिले पनि भग्नावशेषबाट धेरै मानिस जीवितै फेला परेका अचम्मका घटना सार्वजनिक भइरहेका छन् । यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *