पूर्व राजा शाहमाथि ओलीको टिप्पणी- दुई/चार जना देख्यो कि पूर्वराजालाई पुरानो झल्कोले जोस्याउँछ

विराटनगर । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहमा पुरानै धङधङी देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए ।

फागुन ६ गते पूर्व राजाले जारी गरेको विज्ञप्तिबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले दुई–चार जना मान्छे देख्यो कि पूर्व राजालाई पुरानो झल्कोले सताउने गरेको बताएका हुन् ।

‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ । अझै पनि उहाँलाई पुरानो झल्को आउँछ’, आइतबार पूर्व प्रधानमन्त्री ओलीले भने, ‘दुई–चार जना मान्छे अगाडि देखियो भने त्यो झल्कोले अलि अलि जोस्याउँछ, त्यति मात्रै हो अरू केही होइन ।’

पूर्व राजाले पार्टीहरूसँग सहकार्यको प्रस्ताव गरेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘ज्ञानेन्द्रजीसँग अब के विषयमा सहकार्य गर्ने ? ज्ञानेन्द्रजी आफैं राजनीतिमा हिंड्नु भएको छ । अस्ती मेचीमा गएर दियो बाल्नु भयो क्यारे ।’
राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताएका छन् । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *