झण्डाको विषयलाई लिएर थापाथली क्याम्पसमा झडप , अवस्था सामान्य

काठमाडौं । काठमाडौंको नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच थापाथली क्याम्पसमा झडप भएको छ ।

झण्डाको विषयलाई लिएर क्यापमा झडप भएको हो । झण्डा राख्न नपाइने ठाउँमा अखिल क्रान्तिकारीले झण्डा राखेको र त्यो झण्डा नेविसंघका विद्यार्थीले हटाएको विषयमा विवादको अवस्था सिर्जना भएको जनाइएको छ ।
अहिले सो क्यापसमा प्रहरी परिचालन गरेपछि अवस्था सामान्य भएको छ । सो बिबाद समाधानका लागि क्याम्पसमै वार्ता भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *