सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा चैत १८ गते


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले सभा चैत १८ गते बस्ने निर्णय गरेको हो । सभाले आर्थिक बर्ष २०७८।७९को संचित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ०.४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म शेयर दाखिला खारेज बन्द रहने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *