आठ दलिय गठबन्धन पाँच वर्ष टिक्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले सरकारमा कांग्रेसले परिमाणात्मक रुपमा कति मन्त्रालय दावी गर्ने कुरा अहिले भन्न नकिने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बता्एका हुन् ।, अहिले मन्त्रालय दाबी गर्ने अवस्थमा कांग्रेस नपुगेकाले दलहरुसंग छलफल गरेरमात्र सो कुरा टुङ्गो लगाउने उनको भनाइ रहेको छ ।

यस्तै केसीले गठबन्धन शक्ति र सत्ताको लागि मात्रै नभएकाले टुट्ने र फुट्ने अवस्था नआउने समेत दाबी गरे । उनका अनुसार आठदलिय गठबन्धन पाँच वर्षसम्मका लागि नै दिगो हुन्छ । गठबन्धन पाँचै वर्ष जाने दाबी गर्दै केसीले देउवा ७६ (३ को प्रधानमन्त्री बन्ने सम्भावना नरहेको समेत उल्लेख गरेका छन् ।

सभामुखले प्रतिनिधि सभाको बैठक लामो समय स्थगित गरेकोप्रति उनले असन्तुष्टि जनाएका छन् । साथै
सभामुखले आफ्नो स्वविवेकको प्रयोग गरेर संसद् बैठक स्थगित गर्नु उपयुक्त नभएको समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *