नेपाली नागरिक नभएका व्यक्तिलाई दल खोल्ने र चुनाव लड्ने अधिकार हुँदैन ःसर्वोच्च


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा प्रक्रिया पूरा नगरेका व्यक्ति अनागरिक भइहाल्ने अवस्था नरहेको उल्लेख छ । त्यस प्रकारका प्रक्रिया पूरा नगरेका व्यक्तिले नेपाली नागकिरता प्राप्त गरेका व्यक्तिलाईमात्र प्राप्त हुने नागरिक वा राजनैतिक अधिकार भने प्राप्त गर्न सक्तैनन् । नेपालको संविधानको धारा १७ २ ग बमोजिम राजनीतिक दल खोल्ने स्वतन्त्रता नागरिकलाई मात्र उपलब्ध हुन्छ । नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उमेदवार हुने अधिकार रहँदैन । पूर्णपाठमा भनिएको छ, यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनित वा नियुक्तिको लागि योग्य हुने छैन भन्ने प्रावधानको तात्पर्य पनि स्मरणीय छ । यसको तात्पर्य नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधिवत् समर्पित रहेको हुनु पर्दछ भन्ने पनि हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *