सबै दूरसञ्चार सेवा प्रदायकको गुणस्तर मापदण्ड भन्दा कमजोर

काठमाडौं । मुलुकमा सबै दूरसञ्चार सेवा प्रदायकले प्रदान गर्ने सेवामा निर्धारित मापदण्डभन्दा कमजोर गुणस्तर रहेको पाइएको छ । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको स्थलगत परीक्षणको नतिजाअनुसार सबै सेवाप्रदायक कम्पनीले गुणस्तरीय सेवा प्रवाह नगरेको पाइएको हो ।

प्राधिकरणले पछिल्लो पटक गत माघ २० गतेदेखि २४ गतेसम्म काठमाडौं उपत्यकाभित्रका ग्वार्काे, कोटेश्वर, पुरानो सिनामंगल, नयाँबस्ती, बौद्धलगायतका क्षेत्रमा स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो ।

यस्तै, सो अवधिमा चाबहिल, गौशाला, सिफल, हाँडीगाउँ, कपन, धुम्बाराही, भंगाल, हात्तीगौडा र बुढानिलकष्ठ क्षेत्रमा टेलिकम सेवाको परीक्षण गर्दा मुलुकका प्रमुख तीन सेवा प्रदायक कम्पनीको सेवाको गुणस्तर मापदण्डभन्दा कमजोर रहेको पाइएको छ ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीन वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको परीक्षण गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *