प्रमिलाकुमारीद्धारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदमा उम्मेदवारी बनेकी प्रमिलाकुमारीले मनोनयन दर्ता फिर्ता लिएकी छिन् ।

जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवको पनि उम्मेदवारी परेपछि दलहरु लगायत निर्वाचन आयोगले नै उनको उमेदवारी कायम रहेको सुचना संचारमाध्यममा आएपछि प्रमिलाकुमारीले आज मनोनयन फिर्ता लिएको बताएकी हुन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी मनोनयन पत्र दर्ता उनले गराएकी थिइन् । गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव रहेकाले उमेदवारी फिर्ता लिएको उनले बताइन् ।

निर्वाचन आयोगले तोकेको समयमा फिर्ता नगरेपछि उम्मेदवारी कायमै रहेको अवस्थामा यादवलाई नै समर्थन गर्ने बताएकी छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *