बालकुमारी साकोसले उत्पादनमुलक क्षेत्रमा माग अनुसार ऋण दिने


बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको तरलतमा वृद्धि भएर २६.९७ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको फागुन मसान्तसम्म तरलता वृद्धि भएर २६ प्रतिशत माथि पुगेको हो । संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठका अनुसार संस्थामा ४३ करोड ५ लाख रूपैया तरलता रहेको छ । विगतमा पनि पर्याप्त तरलता कायम राखेर मात्रै संस्था सञ्चालन गर्ने गरेको उनले बताए । संस्थामा लगभग यसकै हाराहारीमा तरलता रहने गरेको उनले जानकारी गराए । संस्थाको पौषमा २५.४४ र माघमा २४.५२ प्रतिशत तरलता रहेको थियो । संस्थाले एकजना सदस्यलाइ अधिकतम १ करोड २० लाखसम्म ऋण लगानी गर्ने गरेको भए पनि व्यापार व्यवसायमा आएको मन्दीका कारण ठुलो ऋणको माग कम रहेको उनले बताए । सदस्यको आय स्रोत र किस्ता तिर्न सक्ने क्षमताको आधारमा ऋण लगानी गर्ने गरेको छ । घरजग्गाको भाउ घटि राखेकाले त्यसतर्फ ऋण लगानीमा कडाई गरिएको उनले जनाए । उत्पादनमुलक व्यवसाय र उद्योगधन्दा गर्न चाहने सदस्यलाई आवश्यकता अनुसार ऋण दिइरहेको श्रेष्ठ बताउँछन् । अहिले पनि संस्थाले ४०–५० लाख ऋण लगानी गर्दै आएको छ । त्यसैगरी संस्थाको शेयर पुँजी १३ करोड ५४ लाख २१ हजार, जगेडा कोषमा ४ करोड ८२ लाख ७८ हजार र कुल सम्पत्ति १ अर्व ९२ करोड ७० लाख ७५ हजार पुगेको छ । फागुुन मसान्तसम्म संस्थाको बचत १ अर्व ५९ करोड ६३ लाख, ऋण लगानी १ अर्व ३४ करोड ८४ लाख ९५ हजार छ भने संस्थामा ५ हजार ४९१ जना शेयर सदस्य रहेका छन् । संस्थाले ६५६ जना सदस्यलाई ऋण लगानी गरेको छ । यस अवधिमा संस्थाको कुल संस्थागत पुँजी ४ करोड ८९ लाख ४१ हजार रहेको छ ।

सहकारी विभागको निर्देशन अनुसार संस्थाले फागुन मसान्तसम्मको वितीय विवरण प्रकाशित गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *