उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक

काठमाडौं । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको हो ।

रास्वपाका एक नेताका अनुसार बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *