त्रिविका १३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ । काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको अधिकारीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *