स्ववियु निर्वाचन : १०६ क्याम्पसमा नेतृत्व चयन निर्विरोध

काठमाडौं । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ । कोशी प्रदेशमा २१,बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटापछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको
त्रिवि स्रोतले जनाएको छ ।

आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ ।

यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुनेछ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *