पाँचजना डीआईजी एआईजीमा बढुवा, एक नम्बरमा कुँवर

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक डिआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका पाँचजनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा छ। अब उनी नै प्रहरी महानिरीक्षक बन्ने निश्चित भएको छ । कुँवर कार्यदक्षतामा अब्बल प्रहरी अधिकृत मानिन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *