प्रचण्डलाई लिङदेनले दिए ‘बस फेरिरहने ड्राइभर’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुई पटक विश्वासको मत लिन लागेको भन्दै बैशाख-जेठ तिर फेरी यस्तो अवस्था नाओस् भनेका छन् ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डलाई बस फेरिरहने ड्राइभरको संज्ञा दिदै नयाँ बस चढाउन खोजेको तर पुरानै बस चलाउन गएको बताएका थिए ।

उनले विकास, सुशासन र सेवा प्रवाहमा काम गर्ने सहमति गरेको भएपनि प्रधानमन्त्री प्रचण्डले बाटो फेरेको बताए ।

प्रधानमन्त्रीले सरकारमा महत्वपूर्ण साझेदार रहेको दलसँग छलफल नै नगरी बाटो मोडेका कारण आफुहरु सरकारबात बाहिरिएको बताउदै आफुहरुले धोका नदिएको स्पष्ट गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *