प्रचण्डसँग भरोसा छैन, विश्वासको मत दिन्नौं : ओली

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसँग कुनै भरोसा नभएकाले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका थिए ।

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । यसअघि राप्रपा र नेमकिपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रचण्डले आफूलाई शतप्रतिशत समर्थन हुने दाबी गरेका थिए । तर अब एमाले, राप्रपा र नेमकिपाले मत नदिएमा प्रचण्डले एक सय ७३ सांसदको मात्र मत पाउने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *