राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि पनि गठबन्धनको संस्कृतिलाई आत्मसात् गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले देशमा विकास र शान्तिका लागि गठबन्धन आवश्यक रहेकाले आफूहरू सँगै उभिएको बताए ।

संविधानले सबै लिंग जातिको प्रतिनिधित्व सुनिश्चित गरेकाले पनि गठबन्धनप्रति आफ्नो पार्टी विश्वस्त रहेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा सरकारलाई विश्वासको मतका लागि आह्वानपछि बोलेका देउवाले भने, ‘हामी गठबन्धनमा जानुको विकल्प छैन ।’

उनले राजनीतिक स्थायित्वका लागि यसअघि पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरेको र अहिले पनि उनकै प्रस्तावकै पक्षमा मतदान गर्ने बताए । ‘राजनीतिक स्थिरताका लागि यसअघि पनि पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्तावको पक्षमा मतदान गरेका थियौं,’ उनले भने, राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौं । सँगै उभिरहने वाचा गर्छौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *