गठबन्धनमा चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति


काठमाडौं । आज बसेको सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भागबन्डाबारे भने छलफल नभएको दाबी गरे । समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैलाई समेटेर सरकार विस्तार गर्ने योजना बनाएका छन् । तर, गठबन्धनमा धेरै दल भएकाले भागबन्डामा सकस हुने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *