एनएमबि बैंकमा बेलायतको संसदीय प्रतिनिधिको भ्रमण


काठमाडौं । एनएमबि बैंकमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरुले भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टसँगको सहकार्यमा भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासबारे भ्रमण टोलीले जानकारी लिएको बैंकले जनाएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमण टोलीलाई बैंकको दिगो बैंकिङ अभ्यास कार्यान्वयन पश्चात भएको प्रगति विवरणबारे जानकारी गराएका थिए । सो क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधन आपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदान महत्वपूर्ण हुने बताएका थिए । भ्रमणमा सहभागी प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *