शाइन रेसुङ्गा डेभलपमेन्टको १३.३० प्रतिशत बोनस डिम्याट खातामा


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गत पुस २५ गते सम्पन्न १४ औं वार्षिक साधारणसभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *