एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ४ जना निलम्बित

काठमाडौँ । बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्रध्यक्ष सहित ४ जनालाई निलम्बनमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरिक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थी पवन साहको भने आजको परीक्षा मात्रै रद्ध भएको छ ।

जिल्ला अनुसन्धान कार्यालय बाराका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंहले परीक्षा केन्द्रका खटिएका केन्द्रध्याक्षसहित कर्मचारीलाई निलम्बन गरिएको बताए । ‘भोलिदेखि सो परीक्षकेन्द्रमा नयाँ केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष र परीक्षा निरीक्षकहरु खटिने भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *