सहकारी दिवसको शुभकामना

शुभ घडि शुभ पला शुभै दिल छ भावना
आज सहकारी जन्मदिनको शुभकामना ।
सुख दुख चुनौतीको अघि पछि छ सामना
आज सहकारी जन्म दिनको शुभकामना ।

लानु केहि छैन यहां गरौ भलो जिवनभरी
टुट्ने फुट्ने नहोस् मायाँ बनोस् माया उपकारी ।
जिवन छ बहुरुपि तर हाँसि हाँसि जिउने
तिर्खा लाग्दा सहकारी बनोस् पानि सम्झी पिउने ।

कर्मरुपी मन छ हाम्रो दायाँ बायाँ हुनु हुन्न
हजुर हाम्रो हसि मुहार सधै रहोस् रुनु हुन्न
हिजो सम्म देख्या साथि आज किन देखिएन
मृतुसँग लड्ने शक्ति खोई त किन लेखिएन ।

हितभाव रहोस सधै यहाँहरु सामू हाम्रो
गन्तव्य त फरक नै होस् आत्मीयता सधै राम्रो ।
कस्को जन्म कहाँ भयो तर भयो भेट यहाँ
निश्चितता छैन होला भोलि हामि जान्छौ कहाँ ।

स्वर्ग जस्तो पारौ माया हृदयले सोचि सोचि
सहकारी ज्ञान बाँडौ माया प्रिती जोडी जोडी
आज खायो सकि जान्छ भोलि पनि फेरी खान्छौ
मात्र हामि गुणगान हितभाव जे छ लान्छौ ।

हैनौ हामी अजम्वरी भन्ने थाहा हुदाँ पनि
आफ्नो कर्म भोग्नै पर्छ स्वर्गै गएता पनि ।
भोग बिलासि मायाहरु अव कहिल्यै खोज्नु हुन्न
कुनियति भावनाको वाटो हामी रोज्नु हुन्न ।

हजुर हाम्रो सधैभरि माया रुपि यो भावना
फलोस फुलोस सहकारि भन्ने मेरो छ चाहना ।
गर्नु हुन्न रिस राग अझ धेरै छ सामना
आज तिम्रो जन्म दिनमा दिएं शुभकामना ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *