एकल महिलाबाट जन्मेको बच्चाको जन्म दर्तामा मावलीकै थर कायम हुने

काठमाडौं । एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्म दर्ता मावलीकै थर कायम हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार देशभर स्थानीय तहका ६ हजार ७४३ वडालाई जानकारी गराउदैँ एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको मावलीको थर कायम गरेर जन्म दर्ता बनाइदिन सबै स्थानीय तह,जिल्ला प्रशासन कार्यलय ,तथा इलाका कार्यलयलाई जानकारी गराएको हो ।

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन विभागले निर्देशन दिएकाे छ ।

यस्तै विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन विभागले दास्रो नम्बर बुद्धामा उल्लेख गरेको छ ।
यस्तै बच्चाको जन्म दर्ता भईसकेपछि बावुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानावाट नयाँ जन्म दर्ता गरिदिनुपर्ने छ ।

सम्पुर्ण जानकारीका विभागले जारी गरेको विज्ञप्ती हेर्नुहोस :

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *