निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराइसक्नुपर्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्नुपर्ने भएको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ ।

सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने प्रावधान रहेको छ ।

सो अवधिअनुसार नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुरमा पुनः नविकरण गराउन पाउँछन् । ६ महिनासम्म नविकरण नगरे इजाजतपत्र स्वत खारेज हुने व्यावस्था रहेको छ ।

पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र इजजात पत्र अनिर्वाय गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *