बालुवाटार सत्ता गठबनधनको बैठक जारी,साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबनधन दलको बैठक बालुवाटारमा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज (बिहिबार) साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *