सेनाको साइबर स्पेश ह्याक गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौं । नेपाली सेनाको ‘साइबर स्पेस’ ह्याक गरेको आरोपमा २१ वर्षीय एक युवा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले स्याङ्जाको वालिङ घर भई पोखरामा बस्दै आएका सागर ढकाललाई शुक्रबार पक्राउ गरेको हो ।

नेपाली सेनाको पत्रपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीका अनुसार ढकालले सेनाको साइबर स्पेसमा अनाधिकृत पहुँच राख्ने हिसाबले बारम्बार अट्याक गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *