आइपुग्यो पाठ्यपुस्तक

काठमाडौं । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए।

यहाँका स्टेशनरी व्यवसायीले संयुक्त रुपमा पुस्तक खरिद गरेर ल्याएका हुन् । विगतदेखि नै सामुदायिक विद्यालयका पुस्तक ल्याएर उनीहरुले पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घमार्फत बिक्री वितरण गर्दै आएका छन् । बिक्री वितरणको संयोजन महासङ्घले नैे गर्दै आएको हो ।

अघिल्लो शैक्षिक सत्रमा बिक्री वितरण भएको सङ्ख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासङ्घले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्री वितरण गर्ने बताइएको छ । जनक शिक्षा सामग्री केन्द्रले योवर्ष समयमै पुस्तक छापेको र खरिद गर्ने तथा ल्याउने प्रक्रिया पनि समयमा नै भएकाले चाँडै पाठ्यपुस्तक आएको महासङ्घको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *