प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनले दियो अल्टिमेटम

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन नेपाल बार एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । आज पत्रकार सम्मेलन गर्दै एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री, सभामुख लगायतको पटक-पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएको भन्दै एसोसिएसनले अब भने त्यो सह्य नहुने उनले बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं । तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ । ७–१० दिनभित्र निकास माग्छौं । नभए आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने हुनसक्छ ।’

जबरा विरुद्धको महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा अहिले पनि विचाराधिन अवस्थामा छ । बारले पत्रकार सम्मेलन मार्फत जबरा विरुद्धको महाभियोग प्रस्ताव अन्तिम किनारा लगाउन माग गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *