कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले काठमाडौंँ महानगरपालिकाले सिंहदरबार लगायत महानगरभित्रको फोहोर व्यावस्थापन नगरेर अराजकता निम्त्याएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोरको विषयलाई लिएर विहिबार काठमाडौंँ महानगरबाट देशको राजधानी र सिंहदरबार अन्तै सार्न भनेपछि नेता कोइरालले जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने उल्लेख गरेका हुन् ।

कांग्रेस नेता कोइरालाले पनि काठमाडौँ महानगरपालिकाले सरकारसंग उठाएका मागको संम्बोधन नगरेपछि महानगरले सिंहदरबारलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको उल्लेख गरे । महानगरले राजधानीमा देखिएका समस्याको समाधानका लागि अधिकार सम्मपन्न महानगर भएकाले जिम्मेवारीको बहन गर्न आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *