रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणमा अन्जान र उमेशबिच प्रतिस्पर्धा हुने

काठमाडौं । उद्योग वाणिज्य महासङ्घको निर्वाचन दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा सरेको हो । पहिलो चरणको निर्वाचनबाटै रामचन्द्र संघई भने बाहिरिएका छन् ।

महासङ्घको निर्वाचन समितिका अनुसार दोस्रो चरणको निर्वाचनमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको छ । अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार ३७.९९ प्रतिशत पाएका छन् भने उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार पाएका छन् । यस्तै रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएर बाहिरिएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको अहिलेसम्मको इतिहासमा दोस्रोपटक निर्वाचन भएको पहिलो इतिहास हो । महासंघको स्थापना २०२२ सालमा भएको थियो । स्थगित भएको निर्वाचन दुई घण्टापछि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *