रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाएपछि आले आक्रोशित

काठमाडौं । मन्त्री बन्न भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि रास्वपाले बुधबार उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ । उनलाई सांसद पदबाट हटाएर विन्दवासिनी कंसाकारलाई नियुक्तिका लागि मनोनयन गरेको छ ।

सांसदमा सिफारिस भएकी कंसाकार कुमारी बैंकमा कार्यरत छिन् । हेटौडा घर भएकी उनी एसिड पीडित हुन् । अहिले सबैतिरबाट कंसाकारलाई बधाईको ओइरो लागेको छ । जबकि समानुपातिक बन्दसूचीमा ढाकाकुमार श्रेष्ठ पनि मेघ आलेको नाम रहेको छ । श्रेष्ठ सांसद पदबाट निलम्बनमा परेसँगै आलेले आफूलाई सांसद पदमा मनोनयन गरिने आशा राखेका थिए ।

तर बुधबारको रास्वपा केन्द्रीय समिति बैठकले कंसाकारको नाम सिफारिस गरेपछि आले आक्रोशित भएका छन् । उनले आफूलाई सांसद पदमा मनोनयन गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी हाल्ने तयारी गरेका छन् । आले पर्यटन व्यवसायी हुन् ।

समानुपातिक निर्वाचन प्रणालीअनुसार बन्दसूचीमा क्रमसंख्यामा नाम उल्लेख गरेकामा यताउती गर्न पाइँदैन । सोही कारण आले निर्वाचन आयोग जाने भएका हुन् । यो विषयले रास्वपामा अर्को विवाद देखिएको छ ।

पार्टीले साधारण सदस्यबाटै हटाएर सांसद पदबाट निलम्बन गरेको सूचना संसद् सचिवालयमा गराएमा उनको सांसद पद खारेज हुने र मनोनयन गरिएकी कंसाकार हुने रास्वपाका नेताहरू बताउँछन् ।

अब श्रेष्ठको सांसद पद सभामुख देवराज घिमिरेको हातमा पुगेको छ । उनले पूर्वसभामुख अग्निप्रसाद सापकोटाले जस्तै माधवकुमार नेपाललगायतको १४ सांसदको पद जोगाए जस्तै जोगाउन पनि सक्छन् । सरिता गिरीको जस्तै उनको सांसद पद खारेज गरेर नयाँलाई सांसद बनाउन पनि सक्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *