नेपाली सेनामा ४५ सय जनालाई आकर्षक रोजगारी


काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ । देशभरका विभिन्न स्थानमा रिक्त रहेका ४ हजार ५ सय पदका लागि सेनाले आवेदन खुल्ला गरेको हो । सेनाले एक सूचना जारी गर्दै आवेदन खुल्ला गरेको छ । उक्त सूचना अनुसार खुलातर्फ २ हजार ३ सय ५१ जना, सैन्य परिवारबाट २ सय २५ जना, ३ सय ९० महिला, ६ सय १७ जना आदिवासी जनजाति, ५ सय ४० मधेसी २ सय ८७ दलित र पिछडिएको क्षेत्रबाट ९० जनाको माग गरेको हो । देशभरका विभिन्न स्थानमा रहेका नेपाली सेनाको कार्यालयबाट रोजगारीका लागि आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *