सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँकायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *