जनलहर आफना स्वतन्त्रताका लागि किन अग्रसरता


राज्यमा जनताले स्वतन्त्रता रुपमा आफनो जीवनयापन विताउन पाउनु पर्ने अधिकार कसैले पनि कुण्ठित पार्न पाउने छैन र कुण्ठित पार्न पनि पाईदैन त्यसका लागि राज्यमा कानुनका अधिनहरु प्रसस्त छन । जसलाई जनताले अपमान गरेर आफ्नो स्वार्थ पुरागर्न लागि कानून मिच्न पाईने अधिकार कसैमा पनि छैन र हुदैन पनि । नेपालमा २०३६ सालदेखि वहुदल निर्दल र २०४६सालमा पन्चायति व्यवस्था जनताले फेरवदल गरि वनाएका अधिकार जनतामा निहित तुल्याउने अभ्यास गरेर नेता प्रति पटक पटक विस्वास गरेर राज्य सन्चालनका लागि जनताका हक अधिकार सुम्पिएर उच्च ओहोदामा जाने अवसर मिल्दा राज्य र जनताका लागि कुनै पनि समय जनताका विस्वास पात्र वन्न सकेनन् । २०६२।२०६३ को पुन जनआन्दोलनले जनताका हक अधिकार स्वयं आफैले पाउने आशामा लोकतन्त्र गणतन्त्र प्राप्तगरि राजा हटाईएपछि जनलहर एउटै आवाजमा घन्कि रहेको थियो । समय व्यतित हुँदै गयो । राज्यमा शिक्षाको अवसर अत्याधिक मात्रामा वढ्नाले युवाकालागि राज्यले विकास निर्माणमा कलकारखाना आदि ईत्यादि विषयमा सोच कहिल्यै अगाडि वढेको अवस्था नभएकोले जनतामा नैरास्य हुनु स्वभाविकै हो । हाम्रो राष्ट गरिवका लागि दिर्घकालिन सोचमा अगाडि वढनुको सट्टा भए गरेका कल कारखानालाई समेत हटाई रोजगारिवाट वन्चित वनाई युवाहरुलाई विदेशिको गुलाम गर्न वाध्य वनाईएको अवस्था टडकारो रुपले खडा बनी रहेको छ । देशमा राज्य संयन्त्रमा वस्ने व्यक्ती धेरै परिपर्तन भए तर अनुहार भने जनताले उनै पुरानाको हेर्नै परिरहेको छ । यसले देशमा विकास नभएको त होईन तर जनताका लागि सहि ठोस अनुभूति दिलाउन नसक्नाले नेताहरु प्रति जनता रुष्ट हुनु स्वभाविकै भैरहेको छ । राज्यले सहि या गलत के कसलाई कसरी छुट्याउने हो त्यस प्रति कुनै जिम्मेवारि नभएको किसिमले सरकार अगाढि वढि रहेको परिणामको नतिजा अहिलेको अवस्थामा जनलहरको स्वईच्छा अनुसार नयां पार्टिवाट तपाईं हामिले वुझनु जरुर भैसकेको छ । अहिलेको सरकारले यदि जनताका मनोभावनालाई सहि र गाढा रुपमा निक्ल्योर नगर्ने हो भने विधवान एवं वुध्दिजिवि सर्कल नजानिदो पाराले नयां सोच तर्फ लम्कि सकेको आकडा उप निर्वाचनले वताई सकेको छ । साच्चै सहि सरकार हो भने जनताकालागि हर प्रयासका मूल्य चुकाउनका लागि अब पछाडि पर्नु हुदैन । किनभने जनता नेता भन्दा धेरै माथि रहने हुदा उनिहरुको मनोभावनालाई वुझेर यदि राज्य सन्चालनमा रहेका व्यक्तिहरुवाट जति सक्यो चाडो निराकरण नगर्ने र जनताका ईच्छालाई कुठाराघात गरेमा ठूला दलहरुको लागि अब भोलिका दिनमा पछुताउन नपर्ला भन्न सकिन्न । के छैन र यो देशमा ,के गर्न नसक्ने छन् यहाँ । आज राज्यले युवालाइ विदेश पलायन हुनवाट नरोक्नाले राज्यले ज्येष्ठ नागरिकलाई समेत ठूलो असर परिहेको अवस्थाको श्रृजना भईरहेको छ । किनकि यता युवा विदेशिनाले घरमा वुढा बाबू आमाका लागि हेरविचारको समस्या पैदा भैरहेको अवस्थाले ठूलो चिन्ता भैरहेको सम्पूर्ण राजनिति दल तथा तपाईं हामिले खुल्ला रुपमा देखि नै रहेका छौं । ठूला दलका नेताहरुले के साच्चिनै यो राष्ट हाम्रो हो र अब हामिले केही गर्नै पर्छ भन्ने मिलिजुलिको भावना नलिने हो भने जनलहर एकोहोरो पाराले आफनै किसिमले बिस्तारै पाईला चाल्दै गईसकेका छन्। द्वन्दका समयमा राज्य वा सरकार जो पक्षवाट भए गरेता पनि आखिर जनताले त दुख पाईरहेकै छन् । तपाईं हामी आफनो परीवार सङगै रहेको अवस्थामा घाईते अपाङगतालाई भित्रि हृदयले सम्झौता, के कस्तो हुन्छ , यो सोच के सरकारले नगरेकै होला वा सोचेर पनि गर्न नसकेको हो वा जनतालाइ पिल्साईएर नै राख्ने भन्ने सरकारको नियति नै होत । त्यसैले यदि राज्यका लागि अब पनि केही गरिएन र जनतनका लागि पनि सुनौलो अवसर दिन सकिएन र युवा जति विदेश नै पलायन हुने अवस्थालाई ख्याल नगर्ने हो भने राजनेता भन्न कसरी जनताको मनले मान्छ होला नेताहरुले हृदयमा हात राखेर सोच्नै पर्छ । किनकि यता अपाङगता भएर लडिरहेका जनसेनाहरु त्यति कै नेताहरु प्रति आक्रोस पोखि रोईरहेका छन भने यता जनलहर अर्कै वाटो पैलाउदै अघि वढि रहेका छन् । त्यसैले अवका दिनमा ठुला दलले साच्चै नै जनतालाई र राय्टलाई अपमान नै गरिरहेछौ र अब हामी जनतासामु झुकेर जनताका लागि हर प्रयासरत छौ भनी छुट्टै तवरले अगाडि नवढने हो भने जनताले नैरास्यका भावनावाट अलग सोचका धारहरु व्यक्त गरि रहेको कुराहरु तपाईं हामी सवैका सामु आईरहेको छदैछ । राजनेताहरुले यदि अवका दिनमा होईन आजै र अहिले देखिनै यस्ता विषयलाई उठान नगर्ने हो भने तपाईहरुको पचासौ वर्षको राजनिति पानिमा वगे सरह हुनेछ । त्यसैले यस्ता धेरै गम्भिर विषयलाई सुझाव सल्लाह दिनु कुनै पनि पार्टिको सानो या ठूलो सदस्यहरुको मुख्य भुमिका रहनेछ । तपाईं हामी आ आफनो विचारले आ आफनो वाटो लागेका छौ तापनि नेताहरुलाई समस्याका पहल गर्न वा सहि निर्देशन दिन पछि पर्नु हुदैन । तर सहि सुझाव झगडा जेहोस आखिर राजनिति दलहरुले प्रस्नका लागि प्रस्न होईन समयमा भएर अगाडि वढनका लागि सुझाव ठान्नुपर्दछ । छिट्टैअगाडि वढनका लागि नयाँ भिजन तयार भएर जनता सामु उभिनु जरुर छ र यसका लागि म सम्पूर्ण राजनिति दलहरुमा आग्रह अनुरोध गर्दै नयां वर्ष २०८० सालको शुभकामना शुभकामना शुभकामना ।।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *