स्थानीय तहबाटै श्रम स्वीकृति

काठमाडौं । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन् ।

सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ । वडा –९ का आनन्द सिंह रावत र वडा नं ८ भवान सिंह भण्डारीलाई नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति प्राप्त गरे । श्रम स्वीकृति लिनका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन । “काठमाडौँ पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो”, भीमदत्त नगरपालिकाका उप–प्रमुख नीलम लेखक जोशीले भने , “स्थानीय तहबाटै श्रमस्वीकृति पाउन थालेपछि धेरै नै सहज

भएको छ ।”
पालिकाबाटै श्रम स्वीकृत आनन्द सिंह रावतले छिटो सेवा पाएकामा खुसी व्यक्त गरे। “पहिला श्रम स्वीकृत लिन काठमाडौँ जानुपर्ने, त्यहाँ आउँदा जाँदा धेरै खर्च हुन्थ्यो”, रावतले भने , “अहिले घर छेउबाटै छोटो समयमा सेवा लिन पाउँदा खुसी लागेको छ ।”

भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारले गरेको व्यवस्थाअनुसार स्थानीय तहबाटै सेवा सुरु गरिएको बताए । गत चैत १६ गते मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । “सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेको छ”, महराले भने , “विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *