विद्यालय भवन हस्तान्तरण

काठमाडौं । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोकको शैक्षिक गुणस्तर माथि उकास्न उच्च प्राथमिकता दिएको बताए। उनले गाउँपालिकाले घुम्ती शिक्षक अभियान सञ्चालन गरेको जानकारी दिँदै यसबाट शैक्षिक सुधार हुँदैजाने छ भने।

सहयोगी सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले शैक्षिक गुणस्तर वृद्धि गर्न सामूहिक प्रयासको खाँचो औल्याए । बेथानचोक – ५ का वडाध्यक्ष राजकुमार वाइबाले शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा समस्या प्रदान गर्न समस्या परेको दुःखेसो गरेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *