सञ्चार क्षेत्रलाई सेवामूलक उद्योग सरह मान्यता दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आज (बुधबार) आयोजित इकोनोमिक समिटलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प, कोरोना जस्ता विपत्ति र महामारीले समग्र अर्थतन्त्र नै समस्यामा परेको त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताएका छन् ।

सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिए । यस्तै ज्येष्ठ नागरिक र अपांगता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने आश्वासन प्रधानमन्त्रीले दिएका छन् ।

उनले थपे, ‘एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिरहेको छु । सरोकारवाला पक्षसँग समन्वय गरी यससम्बन्धी कानुन बनाउन पहल गरिरहेको छु ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *