८९ रनमै कतार अलआउट, नेपाल समूह विजेता

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नै सेमिफाइनल प्रवेश गरेको नेपालको समूह ‘ए’ मा सात अंक भएको छ । यो समूहबाट सेमिफाइनल पुगेको ओमानको ६ अंक छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा आफ्नो अन्तिम समूह चरणको खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै कतारलाई ८९ रनमै समेटेको हो । १५८ रन पछ्याउने क्रममा कतार २५ दशमलव एक ओभरमा अलआउट हुँदै मात्र ८९ रन बनाउन पुग्यो । नेपाल ६८ रनले विजयी भयो ।

टस हारेर पहिले ब्याटिङ गर्न आएको नेपालले आज राम्रो प्रदर्शन गर्न भने सकेन । ओपनर ब्याट्समेन कुशल भुर्तेल दुई रनमै आउट भएपछि नेपालको विकेट खस्ने क्रम रोकिएन । एक समय नेपाल २८ ओभरमा नौ विकेट गुमाएको अवस्थामा थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले ४२ रन बटुलेपछि नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको थियो ।

कतारलाई २५ ओभरमै अलआउट गर्ने क्रममा नेपालका बलर सन्दीप लामिछानेले पाँच र सोमपाल कामीले तीन विकेट लिए । नेपालले अब समूह ‘बी’ का विजेता हङकङसँग फाइनलका लागि खेल खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *