स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णय, स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने


काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री बस्नेतले नियमित सेवाका अलावा सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् । नवनियुक्त मन्त्री बस्नेतलाई मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *