सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ । र, यो लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको महासंघले जनाएको छ । यसक्रममा आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *