रमेशजंग रायमाझीको असभ्य शब्द संसदीय रेकर्डबाट हट्यो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी सम्पर्कबिहिन भएको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असभ्य शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार भएपछि गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले झड्केलो छोरो शब्दको प्रयोग गरेपछि सभामा असन्तुष्टि पैदा हुँदै आएको थियो ।

सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको सो असभ्य शब्द संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएपछि सो रेकडेड शब्द हटाइएको हो ।

आफूले बोलेको शब्द संसदीय रेकर्डबाट हटाएपछि भएपछि सांसद रमेशजंग रायमाझीले माननीय हराएपछि खोजीका लागि चासो देखाएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *