सरकारले अघि बढाएको भुटानी शरणार्थी प्रकरणलाई नेपाल समाजवादी पार्टीले गर्‍याे स्वागत

काठमाडौं । सरकारले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणबारे (नेसपा) नेपाल समाजवादी पार्टीले स्वागतयोग्य भएको जनाएको छ । नेपाल समाजवादी पाटीले बिहिबार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।

चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति नेपालको अति गम्भीर समस्या वनेको छ । दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको विहिबार प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरण त्यसको एउटा ज्वलन्त नमूना हो । आफ्नै देशको नागरिकलाई अनागरिक वनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध भएको नेपाल समाजवादी पाटीले प्रकाशित विज्ञप्ती उल्लेख गरेको छ ।

नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि वढाएको छ त्यसको नेपाल समाजवादी पार्टीले स्वागत जनाएको छ । साथै निष्पक्ष ढंगले अनुसन्धानलाई अघि वढाएर छिटो तार्किक निष्कर्षमा पुऱ्याउन राज्यका सम्वन्धित निकाय र पदाधिकारीहरुलाई नेपाल समाजवादी पार्टीले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *