कैलालीको कुचैनीमा सनराइज बैंक


काठमाडौं । सनराइज बैंक लिमिटेडले कैलालीको गौरीगंगा नगरपालिका–३ स्थित कुचैनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय ३ पुगेको छ । शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवा शुभारम्भ कार्यक्रममा गौरीगंगा नगरपालिका ३ का वडाध्यक्ष मनिराज जोशी, बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्का, स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *