नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपि रायमाझीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप, आजैबाट बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले थालेको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थपको अनुमति प्रहरीलाई दिएका छन् । त्यसपश्चात ब्यान सुरु भएको सुचना स्रोतले जनाएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले व्यान थालेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार आगामी बुधबार सम्म सम्पूर्ण अनुसन्धान सकेर फाइल तयार गर्नुपर्ने भएपछि रफतारमा अनुसन्धान थालिएको हो ।

ठगीमा आरोपित रायमाझीलाई बैशाख २० मा पक्राउ पूर्जी जारी गरिएको थियो । पक्राउ पुर्जी पश्चात फरार आरोपित रायमाझीलाई आइतबार साँझ बुढानिलकण्ढ काठमाडौँबाट पक्राउ गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *