देउवाका छोरा जयवीर सिंहको शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट, माघमा बिहे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबिच इन्गेजमेन्ट गरेका हुन् ।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक मात्र सन्तान हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए । केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए। इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ । शिवाना सौन्दर्य सामग्री (ब्युटी प्रडक्ट)को व्यापारमा छिन् । शिवाना कभर गायक पनि हुन् । उनीहरूको चिनजान विद्यालयमै हुँदा भएको हुनसक्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।

देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ । जयवीर र शिवानाको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा र उनकी दिदीले इन्स्टाग्राम स्टोरीमार्फत दिएका हुन् । उनीहरूले केही तस्बिर पनि राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *