भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीको निर्देशनमा बन्द

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ ।

शुक्रबार महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड नियन्त्रणमा समस्या देखा परेपछि बन्द गरिएको बताएका हुन् । उनका अनुसार शान्ति सुरक्षाका कारण तत्काल बन्द गरिएको हो । सो क्लीनिकमा विरामी अधिक आउने र असुरक्षा बढेपछि अहिले सो कार्यलय प्रहरीले बन्द प्रहरीको भनाइ छ ।

झापा घर भएका ४३ वर्षिय सिमान्त गूरुको कार्यलय काठमाडौँको कोटेश्वरमा रहेको र केही समय अगाडी उनले कार्यलय तार्केश्वरमा सारेका थिए ।

सिमान्त गुरु केसीले कोटेश्वरमा पनि फराकिलो ठाउँ खोज्दै तार्केश्वरमा सारेको त्यहाँ पनि सोही समस्या देखा परेको बताए । ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर केसीले कार्यलय स्थापना गर्दै सो काम गर्दै आएका थिए ।

कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत लिएर काम गरेको उनको भनाइ छ । कसैको उजुरी परेर बन्द गरेको नभइ जिल्ला प्रशासनसंग सहमति गरेर काम गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

हिड्न्, बोल्न समेत नसक्ने व्यक्तीलाई छोएर वा हेरेको भरमा निको हुने दावी केसीले गर्दै आएका छन् । विरामीहरुको समस्या समाधान भएपछि विरामीको संख्यमा वृद्धि हुँदै आएको पनि उनलेब ताएका छन् ।

उनले सामाजिक संजालमा पनि भिडियो कलमा फुक्ने र उपचार गर्ने र विरामीलाई निको पार्दै आएको बताएपछि सामाजिक संजालमा केसीको कामले चर्चा पाएको थियो । सामाजिक िसंजालमा २१ औँ शताब्दीमा अन्धविश्वासमा पारेर ठगी गरेको केही टिप्पणी भएपनि विरामीको संख्या अधिक बढ्न थालेपछि असुरक्षा भएको भन्दै प्रहरीले केसीको कम्पनी बन्द गराएको हो ।

विगत ८ महिनादेखि यस पेशामा लागेको केसीले बताउँदै आएका छन् । उनको प्रचारको मुख्य माध्यम टिकटक भएको उनको भनाइ छ । उनको टिकटकमा एकलाखभन्दा भढी फलोअस भएको उनले बताए । ‘मैँले एक वर्षअगाडी माक्स व्यापार कोटेश्वरमा गरेको र सपनामा सो शक्ति पाएपछि यो काममा मोहित भए उनले भने ।’

२र१५ वर्षकै उमेरमा आफ्नो क्षमताबारे थाहा पाएर केही मानिसको उचार गर्ने गरेपनि त्यो बेला कसैले विश्वास नगर्ने र अहिले विश्वास गर्न थालेको उनले बताए ।

करिब एक दर्जन भोलेन्टियरसहित केसी श्रीमती, दुई छोराछोरी र तारकेश्वरमा बस्दै आएका छन् । उनले कसैलाई पनि उपचारका लागि आउन र पैसा दिनैपर्छ भनेर भनेर कसैलाई कर नगरेको बताउँछन् केसी । सो पेशमा मोहित भएका केसी विरामी भएको बेला चिकित्सककोमा उपचारका लागि जाने गरेको बताउँछन् ।

केसीले दुई महिनाअघि पोखरामा शिविर सञ्चालन गरेका थिए । शिविरका लागि जाँदा पोखरा विमानस्थलको भिआइपी कक्ष प्रयोग गरेको बताउँछन् केसी । पोखराको शिविर विवादपछि जिल्ला प्रशासनले हस्तक्षेपमा बन्द भएको थियो सेवाग्राहीबाट १र१ हजारका दरले उठाइएको १ लाख २४ हजार रुपैयाँ पनि प्रहरीले जफत गरेको थियो । अहिले केसीको कम्पनीमा उपचारका लागि आउने विरामीहरुले अस्पतालमा गएर निको नभएको रोग केसीले उपचार गरेपछि ठिक भएको बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *