शीर्ष स्थानको चर्च ब्वाइज रोकियो, फ्रेन्ड्सविरुद्ध आर्मीको सहज जित


काठमाडौं । शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक एु डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । सोमबार च्यासल रंगशालामा सम्पन्न खेलको १३ औँ मिनेट अन्जन बिष्टले गरेको गोलबाट चर्च ब्वाइजले अग्रता बनाएको थियो । तर, ३६औँ मिनेटमा अबायोमी फाल्कुनेले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा फर्काएका थिए । जितसँगै २० खेलबाट ३७ अंक जोडेको चर्च तालिकाको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २६ अंक जोडेको हिमालयन शेर्पा तालिकाको सातौँ स्थानमा छ ।

आजै सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो । आर्मीको सहज जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदील राईले गोल गरे । खेलको २६औँ मिनेटमा जगजितले गरेको गोलबाट आर्मीले अग्रता बनाएको थियो । ७५औँ मिनेटमा नवयुगले आर्मीको अग्रता दोब्बर पारे । यस्तै, खेलको इन्जुरी समयमा सुदीलले गोल गरेपछि आर्मीले ३–० को सहज जित निश्चित गर्‍यो । जितसंगै २० खेलबाट २९ अंक जोडेको आर्मी तालिकाको पाचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २१ अंक जोडेको फ्रेन्ड्स तालिकाको रेलिगेसन क्षेत्रमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *