जनमतको केन्द्रीय समिति बैठक


काठमाण्डौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आगामी शुक्रबार जेठ १२ गते काठमाडौंमा बोलाएको राष्ट्रिय सचिव अनीता साहले जानकारी दिएकी छन्। उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा बैठकको छलफल केन्द्रित रहने छ। यसैबीच जनमतले पार्टीबाट बनेका मन्त्री, संघीय तथा प्रदेश सांसदहरूसँग प्रश्नोत्तर गर्दैछ। उसले नागरिकसँग बढीमा सय शब्दको प्रश्न पनि विभिन्न माध्यमबाट माग गरेको छ। केन्द्रीय कमिटीको बैठकमा संघ र प्रदेश सरकारको समीक्षा गर्ने पनि बताइएको छ। संघीय सरकारबाट जनमत फिर्ता भइसकेको छ। मधेस प्रदेशमा पनि जनता समाजवादी पार्टीसँग उसको मतभेद चुलिँदो छ। ‘मधेस प्रदेशबाट जनमतलाई हटाउने भनेर बाहिर हल्ला सुनिँदैछ। जसरी हुन्छ हामी सरकारमै रहने भनेर आएका होइनौं, जसपा के कसरी अगाडि बढ्छ, त्यसपछि मात्रै हामी कदम चाल्छौं,’ जनमत पार्टीका नेता बीपी साहले भने। मधेस प्रदेशमा जनमतले भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालय, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयको नेतृत्व गरिरहेको छ। त्यस्तै, भूमि व्यवस्था, कृषि र सहकारी राज्यमन्त्री पनि जनमतकै भागमा छ। जसपाले आजभोलि नै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा भित्र्याउन चाहेकाले समीकरण बदलिने सम्भावना रहेको पनि उनले बताए। केन्द्रीय समिति बैठकमा यी सबै घटनाक्रमको समीक्षा हुने उनले बताए। ‘मूलतः हामी संगठन सुदृढीकरण र विस्तारमा केन्द्रित रहने छौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *