जेष्ठ १४ गते कोशी प्रदेशको बजेट अधिवेशन

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।खापुङले आगामी जेठ १४ गते दिउँसो २ बजेका बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश मन्त्रीपरिषद् बैठकले सोमबार प्रदेश प्रमुखसमक्ष बैठक आह्वानका लागिसिफारिस गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको हो ।

दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि बैठक स्थगित भएको थियो ।पहिचान पक्षधरले नाम संसोधन गर्न माग गर्दै आन्दोलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *