शीर्ष नेताको भेटघाटबाट दोषी जोगाउने गन्ध आयो : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लाछिानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले प्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैजनाको बयान लिन माग गरे ।

सांसद लामिछानेले प्रमुख तीन दलका शीर्षनेताहरुको भेटघाटमा दोषी जोगाउने गन्ध आएको भन्दै लामिछानेले कसैलाई पोल्नेमात्र काम पनि गर्न नहुने बताए । उनले यस अघि तीन दलको पटक पटकको भेटवार्ता दोषी जोगाउन भइरहेको आशंका गरिएकोमा अहिले उक्त आशंका वास्तविकताको रुपमा देखिएको बताए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै गरेको करोडौं ठगी प्रकरणमा संलग्न रहेको भन्दै नाम जोडिएकाहरुलाई सोधपुछ वा कुनैपनि प्रकारको अनुसन्धान नभएकोमा उनले आपत्ती जनाएका छन् ।

भ्रष्टाचारको विषयमा छानबिन गर्न आफूले मुटु नकमाउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्ने बताउँदै उनले न्यायिक प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने बताए । भ्रष्टाचारको विषयमा हाइप्रोफाइल भन्ने नहुने भन्दै उनले कानुन सबैलाई एउटै र बराबरी हुनुपर्ने बताए ।

भ्रष्टाचारको विषयमा आफ्नो पार्टी निर्मम रहेको भन्दै उनले न्यायालय र सेनामाथिको भ्रष्टाचारको विषयमा बोल्नै मान्छे डराउने गरेको समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *